Dhulikhel Eco Banner new

२६.१६ अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.03K
shares

काठमाडौं, ९ असार । मंगलवार शेयर बजार २६.१६ अंकले घटेको छ । शेयर बजार २६.१६ अंकले घटेर २६७४.४८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २३९ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ३६ करोड कारोबार भएको हो ।

२६.१६ अंकले घटेको सेयर बजारमा बुङ्गल हाइड्रो लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि एपोलो हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ११.१२ प्रतिशतका दरले गुमाएका छन् भने सोपान फार्मास्यूटिकल्स लिमिटेडका लगानीकर्ताले ७.०५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि कालिञ्चोक हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ५.६४ प्रतिशतका दरले गुमाएका छन् भने सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका लगानीकर्ताले ५.२० प्रतिशतका दरले गुमाएका छन् ।