इरानको चेतावनी लगत्तै होर्मुजमा सिङ्गापुरको जहाजमाथि आक्रमण
वि.सं.२०८३ असार १२ शुक्रवार ११:२७
shares

काठमाडौं, १२ असार । स्ट्रेट अफ होर्मुजमा एउटा मालवाहक जहाजमाथि आक्रमण भएपछि संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (आईएमओ) ले जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने आफ्नो अभियान बिहीबार रोकेको छ।
यस घटनाले इरान युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता टिक्नेमा फेरि आशङ्का उब्जाएको हो।
ओमाननजिकै एउटा मालवाहक जहाजमा क्षेप्यास्त्र प्रहार भएको बेलायती नौसेना निकाय यूकेएमटीओले जनाएको हो। यो आक्रमण तेहरानले आफ्ना स्वीकृत मार्गहरू प्रयोग नगर्न चेतावनी दिएको केही घण्टामै भएको हो।
स्रोतका अनुसार आक्रमणमा परेको जहाज सिङ्गापुरको झन्डाबहादर ‘एभर लभ्ली’ हो। सुरक्षा स्रोतले यसमा ड्रोन आक्रमण भएको हुन सक्ने बताएको छ।
आक्रमणको खबरपछि कच्चा तेलको मूल्य २ प्रतिशतले बढेको छ।



















