Dhulikhel Eco Banner new

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक शेयर बिक्रीमा

754
shares

काठमाडौं, १२ असार । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ।

संस्थाले ७ संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ७२ हजार ६३४ कित्ता शेयर बिक्रीमा राखेको हो। सो शेयरमा संस्थाका विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि सर्वसाधारणले खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो।

संस्थाको शेयर खरिद गर्न इच्छुक अन्य व्यक्ति, संस्था जो कोहीले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको कर्पोरेट कार्यालयमा लिखित आवेदन दिन सक्नेछन्।