Dhulikhel Eco Banner new

हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

975
shares

काठमाडौं, १२ असार । हिरारत्न हाइड्रोपावर प्राइभेट लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । असार ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

यो कम्पनी निजी जलविद्युत विकास कम्पनी हो । यस कम्पनीले नुवाकोट जिल्लामा ५ मेगावाट क्षमताको तादी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।