Dhulikhel Eco Banner new

असार २६ गतेदेखि एकिकृत कारोबार गर्दै पोखरा र समृद्धि फाइनान्स

767
shares

काठमाडौं, १२ असार । पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार २६ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । यी दुई कम्पनीहरु समान अनुपातमा एक हुन लागेको हो । गत माघ १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट दुबै कम्पनीहरुले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

नेपाल राष्ट्र बैंकबाट वैशाख २९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट जेठ ७ गते दुबै कम्पनीले एकिकृत कारोबारका लागि अस्वीकृति प्राप्त गरेसँगै एकिकृत कारोबारको मिति तय गरेका हुन ।

मर्जरपछि ‘पोखरा फाइनान्स लिमिटेड’ नामबाट असार २६ गतेदेखि एकीकृत कारोबार गरिने कम्पनीले जानकारी दिएको छ। मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय साविकको समृद्धि फाइनान्स रहेको स्थान काठमाडौंको पुतलीसडकमा रहनेछ।

एकीकृत कारोबारका लागि असार २५ गते एक दिनका लागि दुवै संस्थाको सम्पूर्ण सेवाहरू बन्द रहनेछन् भने २६ गतेबाट शेयर कारोबार रोक्का रहनेछ। समृद्धि फाइनान्सका सम्पूर्ण सम्पत्ति र दायित्व पोखरा फाइनान्सले सकार्ने गरी मर्जर सहमति भएको थियो।