सकियो नेपाल बंगलादेश बैंकको अस्तित्व
वि.सं.२०७९ असार २३ बिहीवार ११:१४
shares

काठमाडौं, २३ असार । नेपाल बैंगलादेश बैंक नबिल बैंकसँग मर्ज भए पछि उसको अस्तित्व समाप्त भएको छ । बैंक २७ असार देखि नबिल बैंकसँग मर्जर भएर संयुक्त कारोबार गर्ने भएसँगै नबिल बैंकको अस्तित्व सकिने भएको हो ।
नबिल बैंकसँग मर्ज भएर संयुक्त कारोबार समेत सुरु गर्ने अन्तिम तयारीमा रहेको बैंकका सबै शाखा तथा अन्य काउन्टरहरु समेत नबिल बैंकको नामबाट सञ्चालन हुने छन् । नेपाल बंगलादेश बैंकले जारी गरेको चेकहरु प्रतिस्थापन नभएसम्मका लागि मात्रै प्रयोग हुने छन् ।
त्यस्तै कार्डहरु पनि प्रतिस्थापन गरेर नयाँ उपलब्ध गराईने बैंकले जनाएको छ । संयुक्त कारोबार गर्ने प्रयोजनका लागि बंगलादेश बैंकले आज बिहीबार देखि र नबिल बैंकले भोलि शुक्रबारको कार्यालय समय पछि सेवा बन्द हुने सूचना जारी भएको छ ।
अहिले देशभर नेपाल बंगलादेश बैंकका केन्द्रिय कार्यालय बाहेक १०० वटा शाखा रहेको छन् । ति सबै शाखा अब नबिल बैंकमा रुपान्तरण हुने भएका हुन् । जसमा ७६ वटा उपत्यका बाहिर र २४ वटा उपत्यका भित्र शाखा रहका छन् ।
नेपाल बंगलादेश बैंकको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरुले असार २७ गतेबाट नबिल बैंक लिमिटेडेको प्रादेशिक शाखा कार्यालयको रुपमा कारोबार सञ्चालन हुनेछन् ।

















