Dhulikhel Eco Banner new

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

819
shares

काठमाडौं, १५ असार । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयरधनी लिला देवी शारदाको स्वामित्वमा रहेको २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले यसअघि नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी ३५ दिने सूचना प्रकाशित गरेकोमा संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि निवेदन प्राप्त नभएकाले सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

तसर्थ उक्त शेयर खरीद गर्न चाहने सर्वसाधारण व्यक्ति वा संघसंस्थाले आगामी ७ दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यालयस्थित कम्पनी सचिवको कार्यालयमा आफूले किन्न चाहेको शेयर संख्याको व्यहोरा खुलाएर लिखित आवेदन दिनुपर्नेछ।