Dhulikhel Eco Banner new

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५०० पुग्यो

962
shares

काठमाडौं, १५ असार ।  भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ सय पुगेको छ।

गत बुधबार ७.२ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या सोमबारसम्म १५ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। अझै करिब ५० हजार मानिसको अवस्था अज्ञात रहेको बताइएको छ। त्यस्तै ३ हजार १५० जना घाइते भएका छन् भने १२ हजार ७२१ जना विस्थापित भएका छन्।

साथै ७७४ वटा भवन पूर्ण रूपमा भत्किएका छन्। सबैभन्दा बढी प्रभावित तटीय राज्य ला ग्वाइरामा विदेशी उद्धार टोलीहरू समेत परिचालन गरिएका छन्। उद्धार अभियानका क्रममा आइतबार पनि केही व्यक्तिलाई जीवितै बाहिर निकालिएको छ।

सरकारले सुरुमा राहत सामग्री पुर्‍याउने स्वयंसेवकहरूलाई धन्यवाद दिए पनि पछि आपत्कालीन सवारीसाधनको आवागमन सहज बनाउन प्रभावित क्षेत्रमा जाने सडकमा पहुँच सीमित गरेको छ।

सरकारका अनुसार शनिबार साँझसम्म कम्तीमा ३३ जनालाई जीवितै उद्धार गरिएको थियो। आइतबार पनि एक पिता र उनका छोरालाई भत्किएको भवनको भग्नावशेषबाट सकुशल निकालिएको छ।