Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1K
shares

काठमाडौं, १५ असार । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १६.५४ अंकले घटेर २६३२.९६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन २ अर्ब ६७ करोड कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा माथिल्लो स्याङ्गे हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.८३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि सोपान फार्मास्यूटिकल्स लिमिटेडका लगानीकर्ताले ४.५० प्रतिशतका दरले गुमाएका छन् भने एशियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ४.४० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि शिखर पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले ३.७९ प्रतिशतका दरले गुमाएका छन् भने कालिञ्चोक हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ३.७२ प्रतिशतका दरले गुमाएका छन् ।