दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो
वि.सं.२०८३ असार १५ सोमवार १५:०६
shares

काठमाडौं, १५ असार । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १६.५४ अंकले घटेर २६३२.९६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन २ अर्ब ६७ करोड कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि माथिल्लो स्याङ्गे हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.८३ प्रतिशतका दरले गुमाएका छन् ।



















