Dhulikhel Eco Banner new

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित

754
shares

काठमाडौं, १८ असार । प्रतिनिधि सभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित भएको छ। बिहीबारको प्रतिनिधि सभा बैठकबाट विधेयक बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरे ।

विधेयक दफावार छलफलपछि पारित गरिएको हो । उक्त विधेयक प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्णयार्थ प्रस्तुत गरेकी थिइन्।

विधेयकमाथिको दफावार छलफलमा सांसदहरू आशिष गजुरेल, वासना थापा, ऐनबहादुर महर र अरविन्द शाहले भाग लिएका थिए । यो सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक हो।