सुनको मुल्य बढयो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ असार १९ शुक्रवार ११:२८
1.6K
shares
shares

काठमाडौं, १९ असार । स्थानीय बजारमा शुक्रवार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य ७ हजार २ सयले बढेको छ।
महासंघका अनुसार विहिवार प्रतितोला २ लाख ८३ हजार ५ सयमा कारोबार भएको सुन शुक्रवार बढेर प्रतितोला २ लाख ९० हजार ७ सयमा कायम भएको छ ।
त्यसैगरी, शुक्रवार चाँदीको मूल्य १ सय ६५ रुपैयाँले बढेको छ ।विहिवार प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कायम भएको चाँदी शुक्रवार ४ हजार ६ सय १५ रुपैयाँमा कायम भएको हो ।



















