Dhulikhel Eco Banner new

लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालद्वारा महिला सुरक्षा घरमा किचेन,डाइनिङ हल निर्माण र भान्साका सामाग्री हस्तान्तरण

1.21K
shares

काठमाडौं, १९ असार । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालद्वारा महिला सुरक्षा घरमा किचेन,डाइनिङ हल मर्मत तथा निर्माण र भान्साका सामाग्री हस्तान्तरण गरिएको छ । लायन्स क्लब्स अन्तर्राष्ट्रिय फाउण्डेशन (एलसिआइएफ) बाट लायन बर्ष २०२५ २०२६ मा डिसिजि ग्रान्टबाट प्राप्त १० लाख बराबरको सहयोग सामाग्री पोखराको कोपिला नेपालद्वारा संचालित महिला सुरक्षा घरमा हस्तान्तरण गरिएको हो ।
लायन्स क्लब अफ पोखरा संगम, लायन्स क्लब अफ पोखरा पिस चौतारी र कोपिला नेपाल समेतको सहयोग र डिसिजि ग्रान्टबाट प्राप्त रकमबाट सो सुरक्षा घरमा किचेन मर्मत, डाइनिङ हल निर्माण, मार्वल, टायल, डाइनिङ टेवल, कुर्सी, फ्रिज, पंखा, वाशिङ मेसिन, राइसकुकर, इन्डक्सन चुल्हो, ग्यास सिलिन्डर, किचेनका भाँडाकुँडा तथा माग अनुसारको खाध्यान्न सामाग्री एक समारोह बीच डिष्ट्रिक्ट ३२५ के नेपालका लायन बर्ष २०२५/२०२६ का डिष्ट्रिक्ट गभर्नर लायन दुर्गाप्रसाद हुमागाईले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा मन्तब्य राख्दै डिष्ट्रिक्ट गभर्नर हुमागाईले लायन्सको यो सहयोगबाट महिला सुरक्षा घरमा रहेका महिला तथा बालबालिकाहरू अत्यन्तै खुसी भएको र उनीहरूमा देखिएको खुसीले हामीलाइ सेवा कार्यमा लाग्न थप प्रेरणा मिलेको बताए ।

कोपिला नेपालका कार्यकारी निर्देशक बिना सिलवालले लायन्सबाट प्राप्त यो सहयोगले महिला सुरक्षा घरमा रहेका महिला तथा बालबालिकाहरूलाइ ठुलो सहयोग पुगेको बताउदै लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपाल परिवारलाइ धन्यबाद दिइन् ।
डिष्ट्रिक्ट गभर्नर लायन दुर्गा प्रसाद हुमागाईको अध्यक्षतामा सम्पन्न उक्त सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका एमडि कोअर्डिनेटर लायन दिपक श्रेष्ठ, पुर्व डिष्ट्रिक्ट गभर्नर लायन बिशेस्वर आचार्य, कोपिला नेपालका कार्यकारी निर्देशक बिना सिलवाल, कोपिला नेपालका प्रोग्राम कोअर्डिनेटर तिर्थ थापा लगायतले मन्तब्य राखेका थिए।

कार्यक्रममा डिष्ट्रिक्ट फस्ट लेडी सरिता दाहाल हुमागाइ, डिष्ट्रिक्ट चिफ एड्भाइजर लायन टिकाराम सापकोटा लगायत डिष्ट्रिक्टका लायन लिडर तथा पदाधिकारी र सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो । यो सहयोग हस्तान्तरण कार्यक्रमको संयोजन प्रोजेक्ट चेयरपर्सन एवं क्याबिनेट कोषाध्यक्ष लायन रामकुमार लामिछानेले गरेका थिए ।