दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ असार २२ सोमवार १५:१२
shares

काठमाडौं, २२ असार । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २६.२९ अंकले घटेर २६२७.११ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २३९ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ५५ करोड कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि सानिगाड हाइड्रो लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् भने कालङ्गा हाइड्रो लिमिटेडका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ११.५५ प्रतिशतका दरले कमाएका छन् भने १०.७५ प्रतिशत एसबिएल डिबेन्चर २०८९का लगानीकर्ताले ५.९८ प्रतिशतका दरले कमाएका छन् ।



















