दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकम पनि बढ्यो
वि.सं.२०८३ असार २३ मंगलवार १५:०६
shares

काठमाडौं, २३ असार । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २४.५७ अंकले बढेर २६५१.६८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४० करोड कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा कालङ्गा हाइड्रो लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.७८ प्रतिशतका दरले गुमाएका छन् ।















