मौद्रिक नीति : बैंकको खर्च घटाएर ग्राहकलाई सस्तो र गुणस्तरीय सेवा दिने
वि.सं.२०८३ असार २३ मंगलवार १६:२७
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको सञ्चालन खर्च घटाई त्यसको प्रत्यक्ष लाभ ग्राहकसम्म पुर्याउने नीति लिएको छ।
मौद्रिक नीतिअनुसार वित्तीय क्षेत्र सुधारलाई अघि बढाउँदै बैंक तथा वित्तीय संस्थाको शाखा व्यवस्थापनलाई थप प्रभावकारी बनाइनेछ। साथै डिजिटल प्रविधिको प्रयोग विस्तार गरेर सञ्चालन लागत कम गर्ने लक्ष्य राखिएको छ।
राष्ट्र बैंकले बैंकहरूको खर्च घटेपछि त्यसको लाभ संस्थामै सीमित नराखी ग्राहकलाई पनि हस्तान्तरण गर्नुपर्ने नीति अघि सारेको छ। यससँगै ग्राहकले प्राप्त गर्ने बैंकिङ सेवाको गुणस्तर पनि थप सुधार गर्ने लक्ष्य मौद्रिक नीतिले लिएको छ। डिजिटल बैंकिङ, व्यवस्थित शाखा सञ्चालन र वित्तीय क्षेत्र सुधारमार्फत सेवा प्रवाहलाई छिटो, सहज र भरपर्दो बनाउनेतर्फ राष्ट्र बैंकले नीति लिएको हो।
















