राष्ट्र बैंकले कर्जा, ब्याजदर र ग्राहक संरक्षणसम्बन्धी निर्देशन पुनर्लेखन गर्ने
वि.सं.२०८३ असार २३ मंगलवार १७:०१
676
shares
shares

काठमाडौं, २३ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई जारी गरिएका निर्देशनलाई थप सरल, स्पष्ट र व्यवहारिक बनाउने बताएको छ।
मौद्रिक नीतिअनुसार नियमनलाई सहज र सुपरिवेक्षणलाई प्रभावकारी बनाउन हालका निर्देशनमा रहेका भाषागत जटिलता, अस्पष्टता तथा दोहोरो व्यवस्था हटाइने भएको छ। यसका लागि पहिलो चरणमै कर्जा प्रवाह, ब्याजदर निर्धारण तथा वित्तीय ग्राहक संरक्षणसम्बन्धी निर्देशन पुनर्लेखन गरिने भएको छ।
















