दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ असार २३ मंगलवार १५:१५
shares

काठमाडौं, २३ असार । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २४.५७ अंकले बढेर २६५१.६८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४० करोड कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा कालङ्गा हाइड्रो लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि आरबिबि फोकस ४०का लगानीकर्ताले १३.८५ प्रतिशतका दरले कमाएका छन् भने सानिगाड हाइड्रो लिमिटेडका लगानीकर्ताले १०.५७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९.६६ प्रतिशतका दरले कमाएका छन् भने मन्दाकिनी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ५.५५ प्रतिशतका दरले कमाएका छन् ।















