Dhulikhel Eco Banner new

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गर्ने

1.31K
shares

काठमाडौं, २३ असार ।नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गर्ने भएको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्व पौडेलले संस्थागत सुधारमार्फत बैंक तथा वित्तीय संस्थाको पुँजी परिचालन लागत घटाउने लक्ष्यसहित पुनर्वर्गीकरणको अवधारणा अघि सारिएको जानकारी दिए।

गभर्नर पौडेलका अनुसार बैंक तथा वित्तीय संस्थाको संरचनागत सुधार गर्दै सञ्चालन खर्च तथा पुँजी परिचालनको लागत कम गरिनेछ। यसबाट प्राप्त हुने बचत ऋण लिने व्यक्ति तथा व्यवसायसम्म सहज रूपमा हस्तान्तरण हुने व्यवस्था गरिने उनले बताए।

उनले व्यवसायको आकार, प्रकृति र आवश्यकताअनुसार विशिष्टीकृत सेवा प्रदान गर्ने बैंकिङ प्रणाली विकास गर्ने नीति राष्ट्र बैंकले लिएको पनि स्पष्ट पारे।