Dhulikhel Eco Banner new

संस्थाको सबलताका आधारमा शेयर धितो कर्जाको सीमा निर्धारण हुने

845
shares

काठमाडौं, २३ असार । नेपाल राष्ट्र बैंकले संस्थाको सबलताका आधारमा शेयर धितो कर्जाको सीमा निर्धारण गर्ने व्यवस्था गर्ने भएको छ।

केन्द्रीय बैंकले आज आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्न लागिएको जनाएको छ। यसका लागि विशेष नीतिगत व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ।

यसैगरी ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात सहजीकरण हुने गरी विशेष नीतिगत व्यवस्था गरिने केन्द्रीय बैंकले जनाएको छ।