Dhulikhel Eco Banner new

सुनको मुल्य घटयो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

923
shares

काठमाडौं, २५ असार । स्थानीय बजारमा विहिवार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिवार सुनको मूल्य २ हजार ४ सयले घटेको छ।

महासंघका अनुसार वुधवार प्रतितोला प्रतितोला २ लाख ८७ हजार १ सय कारोबार भएको सुन विहिवार घटेर प्रतितोला २ लाख ८४ हजार ७ सयमा कायम भएको छ ।

त्यसैगरी,विहिवार चाँदीको मूल्य १ सय ६० रुपैयाँले घटेको छ । वुधवार प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कायम भएको चाँदी विहिवार ४ हजार ३ सय ४० रुपैयाँमा कायम भएको हो ।