Dhulikhel Eco Banner new

विश्वप्रसिद्ध आरोही गेल्जे शेपाले सगरमाथा आरोहणका क्रममा खिचेको भिडियो सार्वजनिक

598
shares

काठमाडौं, २५ असार । विश्वप्रसिद्ध हिमाल आरोही गेल्जे शेर्पाले शाओमी–१७ अल्ट्रा स्मार्टफोनले खिचेको भिडियो सार्वजनिक भएको छ ।अत्यधिक चिसो, कम अक्सिजन, तीव्र हावा र जोखिमले भरिएको वातावरणमा शाओमी–१७ अल्ट्राले दुर्लभ र भावनात्मक क्षणहरूलाई उत्कृष्ट गुणस्तरमा कैद गरेको छ । शाओमीले सार्वजनिक गरेको यो भिडियो कुनै स्टुडियोमा तयार गरिएको दृश्य होइन ।

यो २०२६ को मे महिनामा गेल्जे शेर्पाले सगरमाथा आरोहणका क्रममा खिचेको वास्तविक भिडियो हो । गेल्जे शेर्पा जसको नाममा गिनिज बुक अफ वल्र्ड रेकर्डसहित केही विश्व कीर्तिमानहरू पनि रहेका छन ।यस भिडियोमा देखिने प्रत्येक दृश्य, प्रत्येक पाइला र प्रत्येक अनुभूति कृत्रिम होइन, सगरमाथाको वास्तविक कथाको एक अंश हो

भिडियोले हिमाल आरोहणको वास्तविक संघर्षलाई अत्यन्त नजिकबाट प्रस्तुत गरेको छ । यति कठिन वातावरणमा पनि एउटा स्मार्टफोनले यति प्रभावशाली दृश्य कैद गर्न सक्छ भन्ने प्रष्ट पारेको छ । भिडियोमा कृत्रिम प्रस्तुति छैन, अनावश्यक संवाद छैन, केवल एउटा सत्य कथा छ ।शाओमीका लागि यो केवल नयाँ फ्ल्यागशिप स्मार्टफोनको परिचय मात्र होइन, प्रविधिले मानिसको सपनालाई कसरी अझ उचाइसम्म पुर्‍याउन सक्छ भन्ने विश्वासको अभिव्यक्ति पनि हो ।

शाओमीले संसारकै सर्वोच्च र सबैभन्दा कठोर प्राकृतिक परिवेशलाई आफ्नो वास्तविक परीक्षणस्थल बनाएको छ । यसले क्यामेराको क्षमता मात्र होइन, उपकरणको विश्वसनीयता, टिकाउपन र चरम परिस्थितिमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्ने आत्मविश्वासलाई उजागर गरेको छ ।