दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ असार २५ बिहीवार १५:१३
shares

काठमाडौं, २५ असार । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १९.६७ अंकले घटेर २६०१.९२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ६१ करोड कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १२.६८ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले ११.७६ प्रतिशतका दरले कमाएका छन् भने १०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४का लगानीकर्ताले ५.६१ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि कुमारी सबल योजनाका लगानीकर्ताले ३.८७ प्रतिशतका दरले कमाएका छन् भने जनउत्थान सामुदायिक लघुवित्त संस्था लिमिटेडका लगानीकर्ताले ३.०९ प्रतिशतका दरले कमाएका छन् ।

















