Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

520
shares

काठमाडौं, २५ असार । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १९.६७ अंकले घटेर २६०१.९२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ६१ करोड कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा बीओके डिबेन्चर २०८६ कका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.६६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि सालापा विकास बैंक लिमिटेडका लगानीकर्ताले ८.२८ प्रतिशतका दरले गुमाएका छन् भने थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ७.९२ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडका लगानीकर्ताले ५.७६ प्रतिशतका दरले गुमाएका छन् भने ८.५ प्रतिशत एसबिएल डिबेन्चर २०८४का लगानीकर्ताले ५.५१ प्रतिशतका दरले गुमाएका छन् ।