Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब ६१ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

754
shares

काठमाडौं, २५ असार । शेयर बजारमा ४ अर्ब ६१ करोड कारोबार हुँदा ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८६/८७को सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ३५ करोड ५८ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन १०.७५ प्रतिशत एसबिएल डिबेन्चर २०८९को २८ करोड ६५ लाख रुपैयाँ कारोबार हुँदा ८.५ प्रतिशत बीओके डिबेन्चर २०८६को २० करोड ८६ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरि ग्लोबल आइएमई बैंक डिबेन्चर, २०८४/८५को २० करोड १ लाख रुपैयाँको कारोबार हुदा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको १६ करोड १३ लाख रुपैयाँ कारोबार भएको छ ।