Dhulikhel Eco Banner new

राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित

611
shares

काठमाडौं, २५ असार । राष्ट्रियसभाको आजको बैठकबाट ‘आर्थिक विधेयक, २०८३’ पारित भएको छ । अब सो विधेयक पुनः प्रतिनिधि सभामा फिर्ता जानेछ।

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गरिँदा बहुमतबाट पारित भएको हो। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो ‘विधेयक सुझाव विना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसअघि उनले सो विधेयकमाथि दफाबार छलफलका लागि प्रस्ताव प्रस्तुत गरेका थिए।

दफावार छलफलमा भाग लिँदै सभाका सदस्य डा. प्रेम दङ्गाल, सम्झना देवकोटा, रोशनी मेचे र सोमनाथ पोर्तेलले शिक्षा र स्वास्थ्य सेवामा कर थप्न नहुने विषयमा आग्रह गरे। बैठकको शून्य समय सदस्यहरूले सुकुमबासीलाई सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्नेलगायत विषयमा ध्यानाकर्षण गरे।