मेटलाइफ नेपाल लगातार दोस्रो पटक ग्रेट प्लेस टु वर्क प्रमाणपत्रबाट सम्मानित
वि.सं.२०८३ असार २५ बिहीवार १७:२७
shares

काठमाडौं, २५ असार । मेटलाइफ नेपालले लगातार दोस्रो वर्ष ग्रेट प्लेस टु वर्क प्रमाणपत्रबाट सम्मानित हुन सफल भएको छ । यो प्रतिष्ठित मान्यता पूर्ण रूपमा मेटलाइफका वर्तमान कर्मचारीहरूले आफ्नो कार्य अनुभवका आधारमा दिएको प्रत्यक्ष प्रतिक्रियामा आधारित छ । यस वर्ष ८७ % कर्मचारीहरूले मेटलाइफ नेपाललाई काम गर्नका लागि उत्कृष्ट कार्यस्थल भएको बताएका छन् ।
ग्रेट प्लेस टु वर्क कार्यस्थलको संस्कृति, कर्मचारी अनुभव तथा संस्थागत नेतृत्वका उत्कृष्ट अभ्यासहरूको मूल्यांकन गर्ने विश्वव्यापी रूपमा मान्यता प्राप्त संस्था हो। यसले संस्थाको व्यावसायिक सफलता, कर्मचारीलाई दीर्घकालसम्म संस्थामा आबद्ध राख्ने क्षमता तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने कार्यसंस्कृतिको मूल्यांकन गर्छ ।
ग्रेट प्लेस टु वर्ककी विश्वव्यापी मान्यता सम्बन्धी उपाध्यक्ष सारा लेविस(कुलीनले भन्नुभयो, ूग्रेट प्लेस टु वर्क प्रमाणपत्रू प्राप्त गर्नु अत्यन्त प्रतिष्ठित उपलब्धि हो । यसका लागि कर्मचारी अनुभवलाई निरन्तर र उद्देश्यपूर्ण रूपमा उत्कृष्ट बनाइराख्नुपर्ने हुन्छ । यो प्रमाणपत्र कर्मचारीहरूले आफ्नै संस्थाको कार्यसंस्कृतिबारे दिएको वास्तविक तथा प्रत्यक्ष प्रतिक्रियाका आधारमा प्रदान गरिने एकमात्र आधिकारिक मान्यता हो ।
मेटलाइफ नेपालले यो मान्यता लगातार दोस्रो पटक प्राप्त गर्नुले यसले आफ्ना कर्मचारीका लागि उत्कृष्ट कार्य वातावरण प्रदान गर्ने अग्रणी संस्थामध्ये एक भएको स्पष्ट देखाउँछ । यस अवसरमा मेटलाइफ नेपालका महाप्रबन्धक, श्री निर्मल काजी श्रेष्ठले भन्नुभयो, ूलगातार दोस्रो वर्ष ग्रेट प्लेस टु वर्क को मान्यता प्राप्त गर्नु मेटलाइफ नेपालका लागि अत्यन्त गर्वको विषय हो ।
यो उपलब्धि हाम्रो कार्यसंस्कृतिप्रति कर्मचारीहरूले देखाएको विश्वास, समर्पण र सहकार्यको भावनाको प्रतिफल हो । हामी प्रत्येक सहकर्मीले आफूलाई सम्मानित, सशक्त र आफ्नो पूर्ण क्षमता हासिल गर्न प्रेरित महसुस गर्ने समावेशी तथा सकारात्मक कार्य वातावरण निर्माण गर्न निरन्तर प्रतिबद्ध छौं ।गत एक वर्षमा मेटलाइफ नेपालले आधुनिक प्रविधियुक्त प्रमुख कार्यालय स्थापना गर्नुका साथै कर्मचारी स्वयंसेवा सम्बन्धी प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै कर्मचारी अनुभवलाई अझ सुदृढ बनाएको छ ।
यी प्रयासहरूले कर्मचारीहरूले आफूलाई सुरक्षित, सम्मानित र यस संस्थाको हिस्सा हुन पाउँदा गर्व महसुस गर्ने कार्य वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान दिएका छन् । यसको प्रमाणस्वरूप, ९१% कर्मचारीहरूले मेटलाइफ नेपाललाई उत्कृष्ट कार्यस्थल भएको बताएका छन्, ९६% कर्मचारीहरूले यसलाई शारीरिक रूपमा सुरक्षित कार्यस्थल मानेका छन्, र ९४% कर्मचारीहरू मेटलाइफमा काम गर्न तथा समाजप्रति कम्पनीले पुर्याएको योगदानप्रति गर्व महसुस गर्छन् ।
ग्रेट प्लेस टु वर्कको अनुसन्धानअनुसार, प्रमाणित कार्यस्थलमा रोजगारी खोज्ने व्यक्तिहरूले उत्कृष्ट नेतृत्व पाउने सम्भावना ४.५ गुणा बढी हुन्छ । साथै, यस्ता संस्थामा कार्यरत कर्मचारीहरू काममा आउन उत्साहित हुने सम्भावना ९३% बढी हुन्छ । उनीहरूले निष्पक्ष पारिश्रमिक, कम्पनीको सफलताबाट उचित लाभ प्राप्त गर्ने अवसर तथा पदोन्नतिको समान अवसर पाउने सम्भावना पनि अन्य कार्यस्थलको तुलनामा करिब दुई गुणा बढी हुन्छ ।
मेटलाइफ नेपाले आफ्ना सहायक र सम्बद्घ संस्थाहरु सहित वित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरु मध्येको बीमा, एन्युटी ९ब्ललगष्तष्भक०, कर्मचारी लाभ योजनाहरु र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई अझ सुनिश्चित भविश्य निर्माण गर्न मद्घत गरिरहेको एक प्रमुख वित्तीय सेवा प्रदायक कम्पनी हो ।
सन् १८६८ मा स्थापित भएको भतीषभ, विश्वभर ४० भन्दा बढि बजारहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ । थप जानकारी का लागि, कृपया ।अय हेर्नु होस् ।सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमा भतीषभ सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ ।
नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउदै आइरहेको छ । । ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्र संस्थाहरूले प्राप्त गर्न चाहने सबैभन्दा प्रतिष्ठित ‘रोजगारदाताको रूपमा उत्कृष्ट रोजाइ’ मान्यता हो । यो मान्यता पूर्ण रूपमा कर्मचारीहरूले आफ्नो कार्यस्थलको अनुभवबारे दिएको प्रत्यक्ष प्रतिक्रियाका आधारमा प्रदान गरिन्छ ।
विशेषगरी, कर्मचारीहरूले आफ्नो कार्यस्थलमा विश्वास, सम्मान र सहयोगमा आधारित वातावरण कत्तिको निरन्तर अनुभव गर्छन् भन्ने आधारमा यसको मूल्याङ्कन गरिन्छ । विश्वभरका कर्मचारी तथा रोजगारदातामाझ ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्र उत्कृष्ट कर्मचारी अनुभव को अन्तर्राष्ट्रिय मापदण्डका रूपमा परिचित छ। हरेक वर्ष ६० भन्दा बढी देशका १०,००० भन्दा धेरै संस्थाहरू ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्र प्राप्त गर्न आवेदन दिने गर्छन् ।
कार्यस्थलको संस्कृतिसम्बन्धी विश्वव्यापी अग्रणी संस्थाका रूपमा ग्रेट प्लेस टु वर्कले विगत ३० वर्षदेखि संकलन गरेको अनुसन्धान र तथ्याङ्कका आधारमा सबै संस्थालाई उत्कृष्ट कार्यस्थल बनाउन सहयोग गर्दै आएको छ । यसको स्वामित्वयुक्त प्लेटफर्म र सबै जनाको लागि मोडलले प्रत्येक कर्मचारीको कार्य अनुभवको मूल्याङ्कन गर्न संस्थाहरूलाई सहयोग गर्छ । उत्कृष्ट कार्यसंस्कृति भएका संस्थाहरूले ग्रेट प्लेस टु वर्क प्रमाणपत्रको मान्यता प्राप्त गर्ने वा प्रतिष्ठित बेस्ट वर्क प्लेसेस सुचीमा स्थान बनाउने अवसर पाउँछन्


















