सामसङ नेपालद्वारा ग्यालेक्सी ए २७ फाइभजी सार्वजनिक
वि.सं.२०८३ असार ३० मंगलवार १३:३०
shares

काठमाडौं, ३० असार । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले यो स्मार्टफोन विशेषगरी किफायती मूल्यमा प्रिमियम कृत्रिम बौद्धिकता (एआई) सुविधा, भरपर्दो कार्यसम्पादन, उच्च सुरक्षा र दीर्घकालीन सफ्टवेयर सपोर्ट खोज्ने युवा प्रयोगकर्तालाई लक्षित गर्दै ल्याएको जनाएको छ।
सामसङ नेपालका एमएक्स व्यवसायका वरिष्ठ निर्देशक प्रणय रत्न स्थापितका अनुसार नयाँ ग्यालेक्सी ए सिरिजले अत्याधुनिक एआई प्रविधिलाई धेरैभन्दा धेरै प्रयोगकर्ताको पहुँचमा पुर्याउने कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
उनका अनुसार ग्यालेक्सी ए२७ फाइभजीमा समावेश गरिएको असम इन्टेलिजेन्स ले दैनिक प्रयोगलाई अझ स्मार्ट र सहज बनाउनेछ। साथै कम्पनीले सुरु गरेको २४ महिनासम्मको समान मासिक किस्ता (ईएमआई) सुविधाले ग्राहकलाई सहज किस्तामा स्मार्टफोन खरिद गर्ने अवसर प्रदान गर्ने उनको भनाइ छ।
ग्यालेक्सी ए२७ फाइभजीमा ६.७ इन्चको फुल एचडी प्लस सुपर एमोलेड इन्फिनिटी–ओ डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट तथा ७.८ मिलिमिटरको स्लिम डिजाइन रहेको छ। यो फोन लाइट ग्रिन, लाइट पिङ्क र कालो रङमा उपलब्ध हुनेछ।
कार्यसम्पादनका लागि यसमा ४ नानोमिटर प्रविधिमा आधारित स्न्यापड्रागन ६ जेन–३ अक्टा–कोर प्रोसेसर राखिएको छ, जसले बहुकार्य, भिडियो स्ट्रिमिङ, गेमिङ तथा एआईमा आधारित एपहरूको प्रयोगलाई सहज बनाउने कम्पनीको दाबी छ।
फोटोग्राफीका लागि फोनमा ५० मेगापिक्सेलको अप्टिकल इमेज स्टेबिलाइजेसन ९ओआईएस० सहितको मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा, २ मेगापिक्सेल म्याक्रो क्यामेरा तथा १२ मेगापिक्सेलको अगाडिको क्यामेरा उपलब्ध छ।
फोनमा ५,००० एमएएच क्षमताको ब्याट्री र २५ वाट फास्ट चार्जिङ सुविधा रहेको छ। यसमा एन्ड्रोइड १६ मा आधारित वन यूआई ८.५ सञ्चालन प्रणाली प्रयोग गरिएको छ। सुरक्षा पक्षलाई थप मजबुत बनाउन सामसङ नक्स भल्ट तथा आईपी–६४ स्तरको पानी र धुलो प्रतिरोधी सुविधा पनि समावेश गरिएको छ।
एआई सुविधाअन्तर्गत भ्वाइस ट्रान्सक्रिप्सन, गुगल जेमिनी तथा पर्प्लेक्सिटी जस्ता एआई सहायकहरूको सपोर्ट उपलब्ध छ। यी सुविधाले बैठक, कक्षा तथा दैनिक कामका नोटहरू तयार गर्न र व्यवस्थापन गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।
नेपाली बजारमा ग्यालेक्सी ए२७ फाइभजीको ६ जीबी र्यामर१२८ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ५५ हजार ९९९ र ८ जीबी र्यामर५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ६९ हजार ९९९ निर्धारण गरिएको छ। ग्राहकले १२ महिना वा २४ महिनासम्मको ईएमआई सुविधामार्फत पनि स्मार्टफोन खरिद गर्न सक्नेछन्।
यसका साथै सामसङले पुरानो फोन साट्दा अधिकतम रु ८ हजार सम्मको एक्सचेन्ज बोनस, १२० जीबी एनसेल डाटा उपहार तथा बिना प्रारम्भिक भुक्तानी २४ महिनासम्मको ईएमआई सुविधा पनि उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार २४ महिनाको ईएमआई योजनाअन्तर्गत ग्राहकले ग्यालेक्सी ए२७ फाइभजी मासिक रु १ हजार ५१९ किस्तामा खरिद गर्न सक्नेछन्।

















