Dhulikhel Eco Banner new

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स द्वारा एएमएल सीएफटी सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न

1.07K
shares

काठमाडौं, ३० असार । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले होटल रेडिसन, लाजिम्पाट, काठमाडौँमा कम्पनीका संचालक, व्यवस्थापन र आधारभूत शेयरधनीहरूको सहभागितामा कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी एक दिने अभिमुखिकरण तालिम तथा सेमिनार सफलता पूर्वक आयोजन गरियो ।

उक्त अवसरमा एएमएल सिएफटिको विज्ञ प्रशिक्षक को रूपमा श्री शाम्भराज लामिछानेज्यूले यस क्षेत्रमा भएको हालको अवस्था एवं कम्पनीले अबका दिनमा परिपालन गर्नुपर्ने विषयमा अवगत गराउनु भयो । कार्यक्रममा सम्बन्धी प्रचलित कानुनी व्यवस्था, नियामकीय अपेक्षा, ग्राहक पहिचान तथा यथोचित सावधानी, जोखिममा आधारित दृष्टिकोण शंकास्पद कारोवारको पहिचान तथा प्रतिवेदन, लक्षित वित्तीय प्रतिबन्ध लगायतका समसामयिक विषयहरूमा विस्तृत रुपमा प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक छलफल भयो ।

सो अवसरमा कम्पनीका अध्यक्ष श्री हेमराज ढकालज्यूले सबैले आ–आफ्नो दैनिक काम कारवाही गर्दा कम्पनीको नियमक निकायहरुले दिएको निर्देशन त्यसै गरी ऐन, नियम, कानून र समय समयमा जारी हुने परिपत्र तथा निर्देशन समेतको अक्षरस पालना गरी ग्राहकमहानुभावहरुलाई उच्च स्तरको सेवा प्रदान गर्नुपर्ने

साथै आफ्नो दैनिक काम कारवाहीमा समेत सोलाई पूर्ण रुपमा पालना गरी अगाडी बढ्न निर्देशन दिनुभयो र सबैलाई दैनिक रुपमा हरेक कार्य गर्दा तयार गर्नुपर्ने ग्राहक पहिचान गरि तोके बमोजिमको पहिचान, ऐन, नियम, निर्देशन तथा परिपत्रहरुको पूर्ण रुपमा पालना गरेर कार्य गर्न निर्देशन दिनुभयो ।

सोही अवसरमा कम्पनीका संचालक श्री उमाकान्त आचार्यज्यूले कम्पनीले आयोजना गरेको एक दिने अभिमुखीकरण कार्यक्रमका प्रस्तुतीकर्ता, कम्पनीका संचालक समितिको अध्यक्ष तथा संचालकहरु, आधारभूत शेयरधनीहरू र उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरुलाई धन्यवाद दिँदै कम्पनीले आगामी दिनहरुमा पनि नियमिक निकायबाट प्राप्त सबै ऐनहरु तथा निर्देशन अक्षरस पालना गरी प्रत्यक्ष र परोक्ष रुपमा देशलाई नै सहयोग पुग्ने गरी कार्य गरिने जानकारी गराउनु भयो । तत् पश्चात एक दिने अभिमुखीकरण कार्यक्रमको समापन गरियो ।