Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

468
shares

काठमाडौं, १२ साउन । मंगलवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ४.६४ अंकले घटेर २६९६.६७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६६ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४२ करोड कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरिलक्ष्मी उन्नति कोषका लगानीकर्ताले ९.१० प्रतिशतका दरले कमाएका छन् भने गरिमा समृद्धि योजनाका लगानीकर्ताले ५.९८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि याम्बालिङ जलविद्युत लिमिटेडका लगानीकर्ताले ४.३९ प्रतिशतका दरले कमाएका छन् भने सिटिजन्स सुपर ३० म्युचुअल फन्डका लगानीकर्ताले ३.८१ प्रतिशतका दरले कमाएका छन् ।