सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ साउन १२ मंगलवार १५:२०
shares

काठमाडौं, १२ साउन । मंगलवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ४.६४ अंकले घटेर २६९६.६७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६६ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४२ करोड कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा कुथेली बुखारी साना जलविद्युत लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६।०७ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि सिद्धार्थ इक्विटी फन्डका लगानीकर्ताले ५.८७ प्रतिशतका दरले गुमाएका छन् भने मेगा म्युचुअल फन्डका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ३.४२ प्रतिशतका दरले गुमाएका छन् भने आरबिबि फोकस ४०का लगानीकर्ताले ३.१२ प्रतिशतका दरले गुमाएका छन् ।

















