Dhulikhel Eco Banner new

प्याराडाइज युथ क्लबद्वारा धुनिवेशीमा वृहत् वृक्षारोपण कार्यक्रम आयोजना हुने

1.18K
shares

काठमाडौं, १४ साउन । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ भविष्य निर्माण गर्ने उद्देश्यका साथ प्याराडाइज युथ क्लब (पीवाईसी) ले धुनिवेशी नगरपालिका–०२ स्थित कुखुरेचौर, तामाङ घेदुङ चिहानडाँडा मा वृहत् वृक्षारोपण कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रम साउन १६ गते शनिबार बिहान ७:०० बजेदेखि सञ्चालन हुनेछ। कार्यक्रमको प्रमुख अतिथिका रूपमा माननीय आशिका तामाङ सहभागी हुने जनाइएको छ। आयोजकले स्थानीयवासी, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षक, कर्मचारी, विद्यार्थी, युवा, किसान तथा वातावरणप्रेमी सबैलाई कार्यक्रममा सहभागी भई हरियाली भविष्य निर्माणको अभियानमा साथ दिन आग्रह गरेको छ।

“भविष्यका सन्ततिलाई सम्पत्ति होइन, स्वच्छ हावा र हरियो धरती उपहार दिऔँ” भन्ने नारासहित सञ्चालन हुने उक्त अभियानले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।