Dhulikhel Eco Banner new

राजस्व सङ्कलनमा वृद्धि, चार अर्ब ९३ करोड बढी उठ्यो

481
shares

काठमाडौं, २४ साउन। आन्तरिक राजस्व कार्यालय झापाले गत आर्थिक वर्षमा रु चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयको रु छ अर्ब छ करोड ८६ लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

उक्त कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार सङ्कलित राजस्वमध्ये आयकर रु दुई अर्ब ४१ करोड ६१ लाख सात हजार, मूल्य अभिवृद्धि कर (भ्याट) रु एक अर्ब ६६ करोड २९ लाख ९५ हजार र अन्तःशुल्क रु ६७ करोड ८९ लाख पाँच हजार सङ्कलन भएको छ ।

यसैगरी, भाडा आयकर रु पाँच करोड ६६ लाख ७८ हजार, ब्याज कर रु नौ करोड ३६ लाख ८० हजार तथा अन्य शीर्षकमा रु दुई करोड ६३ लाख २१ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । उक्त कार्यालयको कार्यक्षेत्र इलाम, पाँचथर र ताप्लेजुङ हो ।