Dhulikhel Eco Banner new

अप्पर सोलु हाइड्रोको नाफा ८४ प्रतिशतले बढ्यो

338
shares

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २० करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४.४१ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष कम्पनीले ११ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानीमा सामान्य वृद्धि भए पनि वित्तीय खर्च घट्दा कम्पनीको नाफामा सुधार आएको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.९७ प्रतिशतले बढेर ७३ करोड ८२ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीको कुल नाफा २.२६ प्रतिशतले बढेको छ भने वित्तीय खर्च २९.५८ प्रतिशतले घटेको छ। खर्च नियन्त्रणसँगै कम्पनीको समग्र वित्तीय अवस्था सुधारिएको देखिएको छ।

नाफा वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेर १५ रुपैयाँ ४६ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.६२ गुणा कायम छ।

१ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी २५ करोड ६७ लाख रुपैयाँ पुगेको छ।