Dhulikhel Eco Banner new

तेह्रथुम पावरको नाफा २८८ प्रतिशतले बढ्यो

715
shares

तेह्रथुम पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८८.४० प्रतिशतले बढेको हो। अघिल्लो वर्ष कम्पनीको खुद नाफा २ करोड ३० लाख रुपैयाँ रहेको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी वृद्धि हुनुका साथै वित्तीय खर्च घट्दा नाफामा उल्लेख्य सुधार आएको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १७.८६ प्रतिशतले बढेर १८ करोड २६ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीको कुल नाफा २४.१९ प्रतिशत र सञ्चालन मुनाफा २२.३८ प्रतिशतले वृद्धि भएको छ भने वित्तीय खर्च ६२ प्रतिशतले घटेको छ।

नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि सुधार भई ११ रुपैयाँ १७ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.२५ गुणा कायम छ।

८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष २ करोड ९० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा जगेडा कोष १५ करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।