Dhulikhel Eco Banner new

घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

364
shares

काठमाडौं, २५ साउन । स्थानीय बजारमा सोमबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य २ सयले घटेको छ।

महासंघका अनुसार सुन आइतबार प्रतितोला ३ लाख १ हजार ७ सयमा कारोबार भएको सुन सोमंबार घटेर प्रतितोला ३ लाख १ हजार ५ सयमा कायम भएको छ ।

त्यसैगरी, सोमंबार चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । आइतबार ४ हजार ६ सय ४५ मा कायम भएको चाँदी बढेर सोमंबार ४ हजार ६ सय ७० मा कायम भएको हो ।