ग्यास लुकाएर ‘छैन’ भन्ने पसल सञ्चालकलाई ५० हजार जरिवाना
वि.सं.२०८३ साउन २५ सोमवार १२:०२
shares

काठमाडौं, २५ साउन । ग्यास लुकाएर ’छैन’ भन्दै उपभोक्ता फर्काउने सञ्चालकलाई ५० हजार जरिवाना गरिएको छ ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–११ त्रिभुवन चोकस्थित सदरलाइनमा रहेको एक किराना पसललाई ग्यास लुकाएर उपभोक्तालाई बिक्री नगरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना गरिएको हो ।बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङको नेतृत्वमा आइतबार गरिएको बजार
अनुगमनका क्रममा उक्त पसलमा १३ वटा ग्यास सिलिन्डर लुकाएर राखेको भेटिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार उपभोक्ताले ग्यास माग्न जाँदा पसल सञ्चालकले ‘ग्यास छैन’ भन्दै फर्काउने गरेको गुनासो प्राप्त भएपछि अनुगमन गरिएको थियो ।













