Dhulikhel Eco Banner new

ह्युन्डाई नेपालद्वारा मेड-इन-नेपाल भेन्यु र भेन्यु एन लाइन सार्वजनिक

611
shares

काठमाडौं,  २७ साउन । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ मेड-इन-नेपाल ह्युन्डाई भेन्यु र भेन्यु एन लाइन सार्वजनिक गरेको छ। नयाँ डिजाइन, अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र सुरक्षासहितको नयाँ भेन्युले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

मेड-इन-नेपाल भेन्युमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी पछाडिको बत्ती, पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफ, १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले र ६ वटा एयरब्यागजस्ता सुविधा छन्। यो १.२ लिटर र १.० लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ।

त्यस्तै, भेन्यु एन लाइनमा एन-ब्रान्डेड सिट तथा एलोय ह्विल, सिग्नेचर रेड हाइलाइटसहितको बडी-कलर क्ल्याडिङ र विशेष एन लाइन स्टाइलिङ एलिमेन्टहरू दिइएको छ। यसले भेन्युको प्रविधि, आराम र व्यावहारिकतासँगै थप स्पोर्टी र गतिशील ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।

मेड-इन-नेपाल भेन्युको सुरुवाती मूल्य रु. ४८ लाख ९६ हजार रहेको छ। यो एचएक्स २ (१,१९७ सीसी पेट्रोल), एचएक्स ५ प्लस (१,१९७ सीसी पेट्रोल) र एचएक्स ५ डीसीटी (९९८ सीसी पेट्रोल) गरी तीन भेरियन्टमा उपलब्ध छ। त्यस्तै, भेन्यु एन लाइनको सुरुवाती मूल्य रु. ६७ लाख ९६ हजार रहेको छ।

मेड-इन-नेपाल ह्युन्डाई भेन्यु र भेन्यु एन लाइन नेपालभरका ह्युन्डाई शोरुममा उपलब्ध छन्। ग्राहकले नजिकैको ह्युन्डाई शोरुममा पुगेर नयाँ गाडीको डिजाइन, प्रविधि तथा ड्राइभिङ अनुभवबारे थप जानकारी लिन सक्नेछन्।