Dhulikhel Eco Banner new

उच्च अकंले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

455
shares

काठमाडौँ, १० भदौ । बुधवार शेयर बजार उच्च अकंले घटेको छ । शेयर बजार ३५.९२ अंकले घटेर २५५८.३५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २३ कम्पनीको शेयर मूल्य बढेको छ । २५२ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ७७ करोड कारोबार भएको हो ।

उच्च अकंले घटेको शेयर बजारमा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले गुमाएका छन् भने त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले १२.९५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि माथिल्लो मेलुन खोला जलविद्युत लिमिटेडका लगानीकर्ताले ११.५६ प्रतिशतका दरले गुमाएका छन् भने सान्जेन जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ११.१८ प्रतिशतका दरले गुमाएका छन् ।