Dhulikhel Eco Banner new

‘श्रीकृष्ण जन्माष्टमी’ पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको भीड

494
shares

काठमाडौं, १९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो । भाद्र कृष्ण पक्षको अष्टमी तिथिमा मनाइने यस पर्वलाई भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका रूपमा लिइन्छ ।

कृष्ण जन्माष्टमीका दिन बिहानै स्नानलगायतका नित्यकर्म पूरा गरी भगवान् श्रीकृष्णको आराधना गर्ने परम्परा छ । भक्तजनहरू कृष्ण मन्दिरमा पुगेर दर्शन तथा पूजा गर्ने, दिनभर भगवान् श्रीकृष्णको भजन–कीर्तन गर्ने र उहाँलाई मनपर्ने विभिन्न पदार्थ अर्पण गर्ने गर्छन् । जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । भक्तजनले बिहानैदेखि मन्दिरमा पुगेर पूजा, आराधना तथा दर्शन गरिरहेका छन् ।

पाटनस्थित कृष्ण मन्दिरमा पनि जन्माष्टमीका अवसरमा विशेष पूजा तथा दर्शनका लागि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ ।