२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८९८ जनालाई कारबाही
वि.सं.२०८३ भदौ २२ सोमवार १०:३१
429
shares
shares

काठमाडौं, २२ भदौ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८९८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८०, सिसिटिभिमार्फत ८१, रातोबत्तीमा ४६ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ११८, हर्न निषेधमा ३७, लेन क्रसमा १२, अवस्था ठिक नभएको २०, एकतर्फीमा ४ र अन्यमा ५०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।


















