Dhulikhel Eco Banner new

सिटिजन्स बैंकले बाढी पीडितको सहायताका लागि आर्थिक सहयोग स्वरूप रु.२ करोड २२ लाख २२ हजार २ सय २२ प्रदान

598
shares

काठमाडौं, २२ भदौ । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशकोे भोटेकोशी नदीमा मिति २०८३।०५।१० आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, उपचार तथा राहतको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप रु. २ करोड २२ लाख २२ हजार २ सय २२ प्रदान गरेको छ । बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हाद्र्घिक समवेदना व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वस्थ लाभका लागि कामना गरेको छ ।

यस घटनाबाट प्रभावित सम्पूर्णजनहरु प्रति राहत पुर्‍याउने उद्देश्यले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरेको छ । अर्थ मन्त्रालय, सिंहदरबारमा आज आयोजित एक समारोहका बिच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बैंकका अध्यक्ष प्रबल जंग पाण्डेले सहयोग रकम हस्तान्तरण गरेका हुन् । सो समारोहमा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको उपस्थिति रहेको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ, शिक्षा लगायतका क्षेत्रमा सहयोग पुर्‍याउदै आएको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । साथसाथै बैँकले यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर स्वास्थ्य शिवीर सञ्चालन, सामुदायिक विधालय, वृद्धाश्रम र अनाथालयहरुलाई आर्थिक सहयोग पनि प्रदान गर्दै आएको छ ।

यस भीषण बाढीका कारण बैंकको देवीघाट शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बैंकले तत्काल राहत पुर्‍याउने उद्देश्यले देवीघाटको विदुर नगरपालिका–५, नुवाकोटमा खाद्यान्न सामग्री जस्तै चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु, चाउचाउ लगायतका सामग्रीे समेत सहयोग गरेको छ ।

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ६० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।