Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो शेयर बजार, यी ५ कम्पनीले कमाए सर्वाधिक

442
shares

काठमाडौं, २२ भदौ । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ। शेयर बजार १८.०७ अंकले बढेर २५६०.८४ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा १९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ८१ वटाको घटेको छ। यस्तै, ४ कम्पनी स्थिर छन्। यसदिन ३ अर्ब ८२ करोड रूपैयाँको कारोबार भएको छ।

दोहोरो अंकले बढेको शेयर बजारमा प्योर इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५.०० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ७.३५ प्रतिशतका दरले कमाएका छन् भने श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले ६.२६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ६.२२ प्रतिशतका दरले कमाएका छन् भने सागर डिस्टिलरी लिमिटेडका लगानीकर्ताले ६.२० प्रतिशतका दरले कमाएका छन् ।