Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार

481
shares

काठमाडौं, २२ भदौ । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ। शेयर बजार १८.०७ अंकले बढेर २५६०.८४ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा १९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ८१ वटाको घटेको छ। यस्तै, ४ कम्पनी स्थिर छन्। यसदिन ३ अर्ब ८२ करोड रूपैयाँको कारोबार भएको छ।

दोहोरो अंकले बढेको शेयर बजारमा प्योर इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५.०० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५.०० प्रतिशतका दरले गुमाएका छन् ।