भोटेकोशी बाढी पीडितका लागि क्यासिनो माजोङले दियो ५४ लाख २३ हजार
वि.सं.२०८३ भदौ २३ मंगलवार १३:०८
shares

काठमाडौं, २३ भदौ । भोटेकोशी बाढी पीडितका लागि क्यासिनो माजोङ काठमाडौं, नेपालगञ्ज र वीरगञ्जले ५४ लाख २३ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।
उक्त सहयोग रकमको चेक आज क्यासिनो माजोङका अध्यक्ष विनोल श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेललाई हस्तान्तरण गरेका छन्।
क्यासिनो माजोङ नेपाल काठमाडौं, माजोङ नेपालगञ्ज र माजोङ वीरगञ्जका कर्मचारीहरू तथा वीर गोर्खा सेक्युरिटी सर्भिससमेतको संयुक्त पहलमा उक्त रकम संकलन भएको हो।
बाढी पीडित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको क्यासिनो माजोङले जनाएको छ।


















