कामना सेवा विकास बैंकद्वारा सिटी सफारी ड्राइभरलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण ।
वि.सं.२०८३ असोज १६ शुक्रवार १६:४२
shares

काठमाडौं, १६ असोज । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सडक सुरक्षा प्रवद्र्धनलाई प्रोत्साहन गर्ने उद्देश्यले उर्लाबारी नगरपालिका, इलाका प्रहरी कार्यालय उर्लाबारी तथा ट्राफिक प्रहरी कार्यालयको समन्वयमा मोरबको उर्लाबारीमा
आयोजित कार्यक्रममा १५० जना सफारी चालकलाई भिजिबिलिटी ज्याकेट वितरण गरेको
छ । कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसाललेउर्लाबारी नगरपालिकाका
मेयर गंगा प्रसाद खरेलको उपिस्थतीमा उक्त भिजिबिलिटी ज्याकेट सिटी सफारी
ड्राइभरहरुलाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर, उपमेयर, प्रशासकीय अधिकृत, इलाका प्रहरी
कार्यालय उर्लाबारी तथा ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो
। दैनिक रूपमा यात्रुओसारपसार गर्दै उर्लाबारीका सडकमा खटिने सफारी चालकहरूको
सुरक्षा र सहज पहिचानलाई ध्यानमा राख्दै उक्त कार्यक्रम आयोजना गरिएको हो ।
विशेषगरी कम उज्यालो, साँझको समय तथा बढी सवारी चाप हुने अवस्थामा भिजिबिलिटी
ज्याकेटको प्रयोगले चालकलाई सडकमा स्पष्ट रूपमा देखिन सहयोग पुर्याउने र सम्भावित
दुर्घटनाको जोखिम न्यूनीकरणमा योगदान पुग्ने अपेक्षा बैंकले गरेको छ ।
कामना सेवा विकास बैंकले समुदायको आवश्यकता पहिचान गरी सडक सुरक्षा, वित्तीय
साक्षरता, डिजिटल सचेतना, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा संस्थागत सामाजिक
उत्तरदायित्वका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । बैंकले आगामी दिनमा समेत
समुदायलाई सुरक्षित, समावेशी तथा प्रविधिमैत्री बनाउँदा Future Ready बनाउने
उद्देश्यअनुरूप विभिन्न कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

















