Dhulikhel Eco Banner new

अमेरिकी डलरको बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा, यस्तो छ आजको विनिमय दर

546
shares

नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले तय गरेको नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा कायम भएको छ।

यसैगरी, युरोपियन युरोको मूल्य पनि उच्च नै रहेको छ। आज एक युरो खरिद गर्न १७३ रुपैयाँ ०१ पैसा र बिक्री गर्न १७३ रुपैयाँ ६९ पैसा लाग्नेछ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०३ रुपैयाँ १८ पैसा तोकिँदा बिक्रीदर २०३ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ। उता, अष्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०७ रुपैयाँ १४ पैसा कायम हुँदा क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४६ पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार बजारको अवस्था हेरेर यी विनिमय दरहरु दिनभर जुनसुकै समयमा पनि हेरफेर हुन सक्नेछन्। साथै, वाणिज्य बैंकहरुले आफ्नो अनुकूलतामा केही फरक विनिमय दर तय गर्न सक्ने छुट रहेको छ। सर्वसाधारणले पछिल्लो र अद्यावधिक दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमार्फत जानकारी लिन सक्नेछन्।