दोहोरो अकंले बढ्यो शेयर बजार, यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ असोज २३ शुक्रवार १५:२८
shares

काठमाडौं, २३ असोज । शुक्रबार शेयर बजार दोहोरो अकंले बढेको छ। शेयर बजार १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा बन्द भएको हो।
शेयर बजारमा १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब ८३ करोड रूपैयाँ बढीको कारोबार भएको छ।
दोहोरो अंकले बढेको शेयर बजारमा रिज लाइन इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.८५ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि आइसीएफसी फाइनान्स लिमिटेड ऋणपत्र २०८८ का लगानीकर्ताले २.९० प्रतिशतका दरले गुमाएका छन् भने प्राइम डिबेन्चर २०८८ का लगानीकर्ताले २.८६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि सानिमा लार्ज क्याप फन्डका लगानीकर्ताले २.५५ प्रतिशतका दरले गुमाएका छन् भने सिटिजन्स सुपर ३० म्युचुअल फन्डका लगानीकर्ताले २.५४ प्रतिशतका दरले गुमाएका छन् ।



















