२०० रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?
वि.सं.२०७९ असार २९ बुधवार १२:१३
4.91K
shares
shares

काठमाडौं, २९ असार । नेपाली बजारमा आज सुनको भाउमा २०० रुपैयाँ र चाँदीको भाउमा ५ रुपैयाँले सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाला सुन ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ८०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदीको भाउ तोलाको १ हजार १७० रुपैयाँ कायम भएको छ । मंगलवारका दिन सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो र चादी ५ रुपैयाले बढेको थियो ।

















