सुपरमाई हाइड्रोपावरलाई झन्डै शतप्रतिशत हकप्रद निष्कासनको अनुमति
वि.सं.२०८३ असोज २६ सोमवार १२:४७
shares

काठमाडौं — सुपरमाई हाइड्रोपावर लिमिटेड (एसएमएच) ले आफ्ना सेयरधनीका लागि हकप्रद सेयर जारी गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ।
कम्पनीले यसअघि आफ्नो ११ औं वार्षिक साधारणसभाबाट १:१ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्दै सहमतिका लागि आयोगमा पठाएको थियो। यद्यपि, आयोगले भने केही परिमार्जनसहित १:०.९२५२ को अनुपातमा हकप्रद सेयर ल्याउन पूर्वस्वीकृति प्रदान गरेको हो।
यससँगै कम्पनीले सय रुपैयाँ अंकित मूल्यका ५९ लाख ४० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। यसबाट जम्मा हुने ५९ करोड ४० लाख रुपैयाँ रकम कम्पनीले नबिल बैंकबाट लिएको ऋण तिर्न प्रयोग गर्ने जनाएको छ।


















